Rule 22
बजार मूल्य निर्धारण प्रक्रिया
(१) ऐनको दफा १३ बमोजिम बजार मूल्य निर्धारण गर्नु पर्दा कर अधिकृतले समान प्रकारको कारोबारको सम्बन्धमा दर्ता भएका अन्य समान बिक्रेताहरूको कारोवार तथा मूल्य अध्ययन गरी बजार मूल्यको निर्धारण गर्नेछ ।
(२) ऐनको दफा १३ को उपदफा (३) मा उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरूबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ ।